बुधबार, चैत १८, २०८२

ला लिगमा मेस्सीको नयाँ रेकर्ड (भिडियो सहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पान्योलमाथि ४-० को शानदार जित निकाल्दा कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाएका छन् । एनले एकै खेलमा फ्रि किककार्फत दुई गोल गर्दै ला लिगाको इतिहासमा नयाँ रेकर्ड रचेका छन् । 

३१ वर्षीय मेस्सी ला लिगामा एकै खेलमा फ्रि किकबाट २ गोल गर्ने एक्लो खेलाडी बनेका छन् । इस्पान्योलसँगको खेलमा मेस्सीले पहिलो गोल खेलको १७औं मिनेटमा गरेका थिए । 

त्यसपछि उनले ६५औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गरेका थिए । उनले दुवै गोल फ्रि किकबाटै गरेका हुन् । यसअघि मेस्सीले एकै वर्ष सन् २०१० मा कूल १० गोल फ्रि किकबाट गरेका थिए । 

गत वर्ष २०१७ मा पनि उनले फ्रि किकबाट ५ गोल गरेका थिए । गत वर्ष मेस्सीले ला लिगामा लगातार तीन खेलमा फ्रि किकबाट गोल गर्ने खेलाडीको रेकर्डसमेत बनाएका थिए । 
भिडियो
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।