बुधबार, चैत २५, २०८२

धम्की दिएर ५० लाख माग्ने दुईजना पक्राउ

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रकम माग गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

National life

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुंगाना उपनाम रमेश रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले भने, “केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका–९ मच्छेगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो।”

पक्राउ परेकाहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र निजहरुका साथबाट प्रहरीले मोटरसाइकल (सु.प.प्र.–०१००९ प ६६१० एक थान, बिभिन्न कम्पनीका मोबाइलहरु चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

 

kumari

प्रकाशित: Feb 21, 2024| 12:27 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्