बुधबार, चैत २५, २०८२

आत्मदाहमा आमाछोरीको मृत्यु

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

बनियानी (झापा)- गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

National life

आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए। निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो।

फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो। मायाका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको  प्रहरी निरीक्षक गिरीले बताए।

 

प्रकाशित: Feb 21, 2024| 12:24 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्