बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आमा र दुई छोरी घरमा मृत फेला, श्रीमान् झुण्डिएको अवस्थामा भेटिए

सीतापाइला घटना

आमा र दुई छोरी घरमा मृत फेला, श्रीमान् झुण्डिएको अवस्थामा भेटिए

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

काठमाडौंको सीतापाइलामा मृत फेला परेकी महिलाका श्रीमान् पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार उनी जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

National life

आज बिहान सीतापाइलामा आमासहित दुई छोरी मृत फेला परेका थिए। प्रहरीले महिलाका श्रीमानको खोजी गर्ने क्रममा शव फेला पारेको हो।

श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए। मृतकहरुमा ओखलढुंगा घर भएकी ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ छन्।

घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

Shivam cement

प्रकाशित: Feb 21, 2024| 12:17 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्