बिहीबार, असार ११, २०८३

सीतापाइलामा मृत भेटिएका आमाछोरीको पहिचान खुल्यो

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०
National life
Shivam cement

काठमाडौंको सीतापाइलामा मृत फेला परेका तीन जनाको सनाखत भएको छ। आज बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भू सीतापाइलास्थित एक घरमा डेरा गरी बस्ने एकै परिवारका तीन जना मृत फेला परेका थिए।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

दुई बच्चा र एक महिला मृत फेला परेका हुन्। मृतकहरुमा ओखलढुंगा घर भएकी ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ छन्। ईश्वरीका पति रामप्रसाद सुनारलाई प्रहरीले खोजी गरिरहेको छ। 

प्रकाशित: Feb 21, 2024| 11:59 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्