बिहीबार, असार ११, २०८३

कांग्रेस महासमिति बैठकमा आजदेखि प्रतिवेदन माथि समूहगत छलफल

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०
National life
Shivam cement

ललितपुर- नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकका क्रममा मङ्गलबार प्रस्तुत प्रतिवेदनमा बुधबारदेखि समूहगत छलफल हुँदैछ।

बैठकमा उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको प्रतिवेदनमा छलफल गर्न चार समूह बनाइएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले बताए।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव अर्का महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टीप्रवक्ता डा प्रकाशशरण महतले पेस गर्नुभएको आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले पेस गर्नुभएको लेखा परीक्षण प्रतिवेदन प्रस्तावमा समूहगत छलफल हुँदैछ।

प्रकाशित: Feb 21, 2024| 08:48 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्