शनिबार, भदौ १३, २०८३

यस्तो छ आजको मौसम

 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले बिहान मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेस प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रकाशित: Feb 21, 2024| 08:12 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्