बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • साझेदारी वनको रुख कटानमा भ्रष्टाचार गरेको आरोपमा १९ जनाविरुद्ध मुद्दा

साझेदारी वनको रुख कटानमा भ्रष्टाचार गरेको आरोपमा १९ जनाविरुद्ध मुद्दा

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

National life

आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णप्रसाद भट्ट, दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक महेन्द्रराज वाग्लेविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। सहायक वन अधिकृत बह्मदेव महतो, रेञ्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद र सहायक वन अधिकृत टोलकराज चापागाईविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

आयोगले सहायक वन अधिकृतहरु लालबाबु झा, गणेशकुमार थारु र नागेन्द्रप्रसाद सिंह राजपुत, फरेष्टर रामरक्षाकुर्मी चौधरी तथा वन रक्षक सञ्जय थारुविरुद्ध  रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको छ। आयोगले वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वासुदेव गोडिया तथा प्रदेशसभा सदस्य जानकीप्रसाद यादवविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको छ।

त्यस्तै गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका  सञ्चालक एकनाथ घिमिरेविरुद्ध रु नौ लाख ३९ हजार एक सय ३५ र एआर काठ दाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गीता जिसीविरुद्ध रु १९ लाख ७३ हजार ५८ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए। 

प्रकाशित: Feb 20, 2024| 20:45 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्