संखुवासभा- खाँदबारी नगरपालिका-६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईले नवजात शिशुको हत्या गरेकी छन्।
अवैध गर्भधारणबाट जन्मेका नवजात शिशुको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या अभियोगमा राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
राईले शिशु जन्माएर मारेर डोकोमा फाल्न लागेको स्थानीयवासीले देखेपछि प्रहरीलार्इ खबर गरिएको थियो।
उनलार्इ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो।
उनका श्रीमानको डेढ वर्ष पहिले मृत्यु भएको खुलेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४