मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कामप्रति मन्त्री बस्नेतको असन्तुष्टि

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कामप्रति मन्त्री बस्नेतको असन्तुष्टि

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

काठमाडौं- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापर्वाही गरेको र जिम्मेवारपूर्ण ढङ्गले कार्यसम्पादन नगरेको पाइएको छ। 

National life

आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयन नगरेको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललाई वास्तविकता स्पष्ट गर्न निर्देशन दिएका छन्।  

मन्त्रालयमा आज आयोजित सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) बैठकमा मन्त्री बस्नेतले आर्थिक वर्ष सकिन केही महिना बाँकी हुँदा ‘तोकिएका काम प्रक्रियामा रहेको, माग सङ्कलन गरिरहेका’ केन्द्रको प्रगति विवरणप्रति उनले असन्तुष्टि जनाए। उनले भने, ‘तोकिएका अधिकांश कामको प्रगति १० प्रतिशतभन्दा कम छ। माग सङ्कलन भइरहेको भन्ने विवरणप्रति चित्त बुझाउन सकिँदैन।’

वैकल्पिक ऊर्जा, सौर्य ऊर्जासँग जोडिएका अधिकांश परियोजनाको प्रगति धैरै कम छ। मन्त्री बस्नेतले तोकिएको जिम्मेवारी समयमा पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी मन्त्री बस्नेतले दिए। 

साना जलविद्युत् आयोजनाको मर्मतसम्भार, सौर्य परियोजना तथा केन्द्रको कार्य क्षेत्रभित्र पर्ने अधिकांश परियोजनाको प्रगति न्यून छ। पटक–पटक निर्देशन दिँदा केन्द्रले जिम्मेवारपूर्ण तरिकाले काम गर्न नसकेको भन्दै मन्त्री बस्नेतले अब  छुट दिन नसकिने बताए। 

kumari

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जामार्फत उज्यालो पार्ने लक्ष्य छ। केन्द्रका अधिकांश गतिविधि गैरसरकारी संस्था केन्द्रित भएको आरोप लागेको छ। 

प्रकाशित: Feb 20, 2024| 19:55 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्