बुधबार, चैत २५, २०८२

सुन जस्तो देखिने वस्तुसहित विमानस्थलबाट एक भारतीय पक्राउ

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

National life
kumari

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३५ वर्षीय शरिफअहमद अब्दुल गफुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
उनले भने, ‘विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। निजलाई आज आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइने छ।’

दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए।

प्रकाशित: Feb 20, 2024| 17:11 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्