आइतबार, साउन १०, २०८३

सन्दीप आज अष्ट्रेलिया जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आइतबार राति अष्ट्रेलिया जाने भएका छन् । उनी अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिग बिग बास खेल्न आइतबार राति अष्ट्रेलिया जान लागेका हुन् ।
 
सन्दीप अष्ट्रेलियाको मेलबर्न स्टार्समा यसै सिजन अनुबन्धित भएका हुन् । बिग बास लिग डिसेम्बर १९ बाट सुरु हुनेछ । तर, सन्दीप टिमसँगको अभ्यासका लागि एक साता अगावै अष्ट्रेलिया जान लागेका हुन् ।

राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको टिम ललितपुरमा रहेका उनले इपीएलका दुई खेलमात्र खेल्दै अष्ट्रेलिया जान लागेका हुन् ।

सन्दीपले आफु टिममा पर्ने लक्ष्यसहित अष्ट्रेलिया जान लागेको बताए । ‘एक टिममा मात्र २ विदेशी खेलाडीले खेल्न पाउने छ । त्यसैले निकै गार्हो छ,’ सन्दीपले भने, ‘अभ्यास र खेलमा राम्रो प्रदर्शन गर्नु पर्छ । पाएको मौकालाई सदुपयोग गर्नेछु । टिममा पर्ने मौका छ ।’

बिग बास लिगकै दौरान सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । सन्दीपले बिग बासको पाँच देखि ६ खेलपछि बंगलादेश जानेछन् ।  बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । 

बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् । यस सिजन निकै व्यस्त रहेका सन्दीपले हालै युएईमा टी-१० लिग खेलेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।