बुधबार, चैत २५, २०८२

फराकिलो बन्दै नेपालगञ्ज-बघौडा हुलाकी सडक

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

बाँके- पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगञ्ज-बघौडा हुलाकी सडक फराकिलो बनेको छ। सो खण्डमा हालै कालोपत्र पनि सकिएको छ। 

National life

ज्ञानिश शारदा जेभीले १२ करोड रूपैयाँ मा नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको ठेक्का पाएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए। उनका अनुसार, बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन्।

हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ। स्तरोन्नतिसँगै अहिले यो सडकखण्ड दुई लेनको भएको छ। विगतमा साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा कठिनाइ हुने गरेकामा अहिले दुवै छेउमा सडक विस्तार भएपछि आवागमनमा सहज भएको डुडुवाका स्थानीय युवा महेश चौधरीले बताए। 'साँघुरो सडक विस्तार भएपछि अहिले धेरै सजिलो भएको छ', उनले भने।

नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दुरी छोटो भएका कारण नेपालगञ्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्ती सोनारीका अगुवा तुलसी थारूले बताए।

नेपालगञ्जदेखि राप्तीपारि हुँदै अगैयासम्मको सडकको दुरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दुरी छ। दुरी छोटो पर्ने भएकाले सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारिकै सडक रोज्ने गरेका छन्।

kumari

बाँकेमा अहिले राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्र काम एपिक्स कन्काई खड्का जेभिले ७६ करोड रूपैयाँको लागतमा गरिरहेको छ भने नेपालगञ्ज-गुलरिया सडक खण्डको २८ किलोमिटरमध्ये ११ दशमलव छ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम दुई अर्ब ७८ करोड रूपैयाँमा शर्मा एन्ड कम्पनीले गरिरहेको छ। 

बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत् पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए।

प्रकाशित: Feb 20, 2024| 20:01 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्