बुधबार, चैत २५, २०८२

युवामा देखिएका अस्वाभाविक परिवर्तनप्रति अभिभावक चिन्तित

समय बदलिँदो छ। समयसँगै हरेक कुरा बदलिँदै जान्छन्। यसरी समयसँगै हरेक कुरा बदलिँदै जानु स्वाभाविक हो तर मानिसमा आएको यो अस्वाभाविक बदलावलाई बुढापाकाहरु अचम्म ठान्न थालेका छन्।
 |  बुधबार, फागुन ९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ९, २०८०

टीकापुर- बालबालिकामा देखिएका अस्वाभाविक परिवर्तनले अभिभावकलाई चिन्तित बनाउन थालेको छ। अहिलेका बालबालिकाको आनीबानी र व्यवहारले विकृति भित्रिन थालेकाले चिन्तित बनाएको सम्बद्ध अभिभावकको गुनासो छ।

National life

समय बदलिँदो छ। समयसँगै हरेक कुरा बदलिँदै जान्छन्। यसरी समयसँगै हरेक कुरा बदलिँदै जानु स्वाभाविक हो तर मानिसमा आएको यो अस्वाभाविक बदलावलाई बुढापाकाहरु अचम्म ठान्न थालेका छन्। मानिसमा नैतिकता र अनुशासनगायत धेरै कुराले ठाउँ नै छोडिसकेको कैलालीका देवीराम जैसी बताउँछन्। ‘अहिलेका बालबालिकामध्ये निकै कममा मात्र अनुशासन देखिन्छ। कतिपय बालबालिका चोरी, डकैती, र आपराधिक गतिविधिमा संलग्न भएका देखिन्छ’, उनी भन्छन्, ‘हाम्रा पालामा हामी अभिभावको निगरानी र नियन्त्रणमा हुन्थ्यौँ, अभिभावकले भनेको सबै मान्थ्यौँ तर अहिलेका बच्चा उग्र देखिन्छन्।’

ब्राह्मण समाज नेपाल टीकापुर शाखाका अध्यक्ष रामप्रसाद रिमाल उपाध्याय पनि आफू युवा र वयस्क हुँदा समाज, आफन्त नैतिकताका विषयमा निकै संवेदनशील रहेको सम्झन्छन्। ‘ठूलाबडाप्रति बढो आदर र सम्मान गरिन्थ्यो’, उनले भने, ‘तर आजभोलिका युवाले यस्ता संस्कार, संस्कृति र आदर सबै कुरा बिर्सिएजस्तो लाग्छ। बालबालिकामा संस्कार नभए समाज कस्तो होला ? चिन्ता लाग्न थालेको छ।’

अध्यक्ष रिमाल बालबालिकाको जीवन सुन्दर बनाउने प्रयासमा सबै लाग्नुपर्नेमा जोड दिए। ‘मानवीय चोला भनेको एक पटक पाउने चोला हो। मानिसले धर्तीमा रहँदासम्म राम्रो गर्नु, सबैको भलो गर्न र एउटा मानवले गर्नुपर्ने सबै खालका कर्म गर्नुपर्छ’, उनी भन्छन्, ‘आफ्नो धर्म, नैतिकता, आचरण र व्यवहार सबैभन्दा स्वयं नै व्यक्तिखुसी हुनका लागि चाहिन्छ। संस्कारी मानिसले अरूलाई पनि खुसीसँग जिउन दिन्छ, त्यसैले अहिलेका बच्चाका अस्वाभाविक व्यवहार देख्दा चिन्ता लाग्छ।’

पूर्वशिक्षक बलबहादुर रावलको पनि अहिलेका युवाप्रति त्यस्तै गुनासो छ। आफू युवा हुँदा समाजप्रति निकै जिम्मेवार रहेको बताउने उनी अहिलेका युवाले परिवर्तनका नाममा विकृत व्यवहार अँगाल्दै गएको उल्लेख गरे। ‘बालबालिका गलत बाटो अँगालेका देख्दा मन पोल्छ। विकृति जति सबै किशोरावस्थाबाटै अँगाल्दै आएको देखिन्छन्’, उने भने, ‘यस्ता व्यवहार न्यूनीकरण गर्न सरोकारवाला सबैको दायित्व हुन्छ। अब छोराछोरी राम्रा बनाउन जसले सक्छ त्यही मानिस भोलि सम्पन्न र खुसी हुनेछ।’

kumari

पूर्वशिक्षक रावल अभिभावकले बालबालिकालाई खेलका माध्यमबाट होस् या यस्तै सृजनात्मक क्रियाकलापमा व्यस्त बनाइराख्न जरुरी रहेको बताउँछन्। अहिलेका युवा पिँढी देखेर सावित्रा रावल पनि अचम्मित छन्। उनी अहिलेका युवायुवतीको आचरण र व्यवहार देखेर निकै चिन्तित छन्। ‘हाम्रा पालामा पढाइबाहेक घाँस दाउरा काट्ने, गाईवस्तु चराउने र बुबाआमाले भनेकोबाहेक अन्य कुनै पनि काम गर्न आँट आउँदैनथ्यो’, उनी भन्छन्, ‘अहिलेका युवाको व्यवहार र बानी देखेर डर लाग्छ। उनीहरू गलत क्रियाकलापमा संलग्न भएर आपराधिक कार्य गरिरहेका देखिन्छन्। बालबालिकालाई अभिभावकले नियन्त्रण गर्न सकेका छैनन्।’ समय सधैँ स्थिर रहँदैन। समयसँगै आफूलाई परिवर्तन गर्नु स्वाभाविक हो तर परिवर्तनका नाममा संस्कार, संस्कृति, आचरण नैतिकता र अनुशासनजस्ता कुरा भुल्ने नहुनेमा बुढापाकाको जोड छ।    -रासस

प्रकाशित: Feb 21, 2024| 06:02 बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्