बुधबार, चैत १८, २०८२

भैरहवासँग पोखरा ४ विकेटले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- रबिइन्द्र सिंहको उत्कृष्ट ब्याटिङसँगै एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा भैरहवाले सुखद सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा पोखरालाई ४ विकेटले पाजित गर्दै भैरहवाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । 

टस जितेर पहिले ब्याटिङ्ग गरेको पोखराले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भैरहवाले १९.४ ओभरमा मात्र ६ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको हो । रहवाका रबिइन्द्र सिंहले सर्वाधिक १ सय २५ रनको सतकिय अविजित पारी खेले । 

निकैनै आक्रमक ब्याटिङ गरेका रबिइन्द्रले मात्र ६० बल खेल्दै ८ चौका र १० छक्का प्रहार गर्दै १ सय २५ रन जोडेका हु्न । त्यस्तै आरिफ सेखले २३ रन जोडे । उनले १३ बलमा दुई छक्कका प्रहार गर्दै २३ रन जोडेका हुन् । पुनित मेहराले १८, रायन टेनले १६ र प्रदिप ऐरीले १४ रन जोडे । 

पोखराका लागि बिक्रम सोब, पाउल कोग्लिनल र सुसान्त भारीले समान दुई दुई विकेट लिए  पनि टोलीलाई जित दिलाउन सकेनन् । 

यसअघि पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो । ओपनर रिचर्ड लेभी र काइल कोट्जरले पहिलो विकेटको लागी उत्कृष्ट १ सय ४ रनको शतकीय साझेदारी गरेपछि विशाल योगफल बनाएको हो ।

दक्षिण अफ्रिकाका ओपनर समेत रहेका रिचर्ड लेभीले आक्रमक ब्याटिङ गर्दै २३ बलमा अर्धशतक पुरा गरेका थिए । उनले ७९ रन बनाउँदा ३६ बलमा समान ७ चौका र छक्का प्रहानर गरेका थिए । 

त्यस्तै सुनिल धमलाले २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३८ रनमा पेभिलिएन फर्किदा, काइल कोट्जर ४७ रनमा आउट गरे । उनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरेबा थिए ।

भैरहवाका लागि कृष्ण कार्की, पुनित, अभिनास र रायनले समान एक विकेट लिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।