शनिबार, कात्तिक २९, २०८२

बिहेको रमाइलो शोकमा बदलिएपछि...

 |  मंगलबार, फागुन ८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ८, २०८०

दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ। जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

National life

घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो माहोल थियो। केटा पक्ष केटी लिन भानुको मिर्लुङ पुग्यो। आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो। दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो। तर अन्तिममा आउँदै गरेको बोलेरो जीप अचानक दुर्घटनामा पर्‍यो।

आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडक खण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना भयो। दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ।

आँबुखैरेनी-६ का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताए। उनले भने, 'खुसीको क्षणलाई दुर्घटनाको दुःखद क्षणले नरमाइलो बनाएको छ। गाउँ शोकमा डुबेको छ।'

Laxmi sunrise bank
kumari

गुरुङका अनुसार विवाहका लागि तीन वटा गाडी लगिएको थियो। त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो। उनले भने, 'दुई वटा गाडी घर पुगिसकेको थियो। आफन्तहरु चढेको बोलेरो जीप दुर्घटना भयो। घाइतेहरु पनि आफन्त नै हुन्।'

प्रकाशित: Feb 20, 2024| 13:23 मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्