आइतबार, साउन १०, २०८३

 जावलाखेललाई पराजित गर्दै थ्रीस्टार लिगको तेस्रो स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार थ्री स्टार क्लब विजय हुँदै लिगको तेस्रो स्थानमा उक्लेको छ । थ्री स्टारले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै अंक तालिकामा सुधार गरेको हो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । खेलका दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । थ्री स्टारको जितका लागि दुबै गोल रजिन धिमालले गरे ।

पेनाल्टीमा पाएको अवसर रजितले गोल गरेका हुन् । ७२ औ मिनेटमा थ्री स्टारका रञ्जन विष्टलाई डि बक्स नजिकै फल गरेपछि जावलाखेलका कुल्दिप कार्की रातो कार्ड मैदान बाहिरिएका थिए । 

सोहि फाउलमा पाएको फ्रि किकमा रजिनले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरेका हुन् । थ्री स्टार १८ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।