बुधबार, चैत २५, २०८२

पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

 |  सोमबार, फागुन ७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ७, २०८०

National life
kumari

पाल्पा- पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो। 
 
रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा आज उक्त टिपर दुर्घटना भएको हो। 

उक्त घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Feb 19, 2024| 18:44 सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्