शनिबार, भदौ १३, २०८३

लुक्लामा बढ्यो हवाई चाप

 |  सोमबार, फागुन ७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ७, २०८०

सोलुखुम्बु- खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएसँगै तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई यात्रुको चाप वृद्धि भएको छ।

काठमाडौंबाट सगरमाथा क्षेत्र आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढेसँगै काठमाडौं-लुक्लाको जहाजमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

कार्यालयका एअर ट्राफिक कन्ट्रोलर सञ्जय श्रेष्ठका अनुसार काठमाडौंबाट अहिले दैनिक १० देखि १२ उडान भइरहेका छन्। रामेछापबाट हेलिकप्टर चार्टर गरेर पनि पर्यटक आउने गरेका छन्।   -रासस

प्रकाशित: Feb 19, 2024| 21:01 सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्