आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचार हेर्ने चस्मा फेर्न प्रधानमन्त्रीलाई आग्रह

भ्रष्टाचार हेर्ने चस्मा फेर्न प्रधानमन्त्रीलाई आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेको छ। 

भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आज सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहोर्‍याएका हुन्। 

उनले भने, “भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन हुन्छ, गर्न दिन्न भन्नेमा मेरो प्रयास जारी छ।” उनले कुनै पनि राज्यका जिम्मेवार पदाधिकारी र कर्मचारीलाई आफू मातहतका व्यक्तिसँग नगिर्ने गरी काम गर्न आग्रह गर्दै भने, “मैले भ्रष्टाचार गर्न मन्त्रीहरु र मुख्यमन्त्रीसँग गिर्नुपर्छ, त्यस्तो म गर्दिन र अरुले पनि नगर्नुहोला। तलकाको नजरमा नगिर्नुस्, माथिकालाई खुशी पार्नु पर्ने छैन। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र असहिष्णु नीति रहनेछ।” 

उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक प्रतिवेदनमा भ्रष्टाचारको सूचकाङ्कलाई आगामी दिनमा सकारात्मक र व्यापक फेरबदल ल्याउने गरी काम गरिने विश्वास व्यक्त गर्दै नागरिक समाज र सञ्चार क्षेत्रले पनि त्यसमा सहयोग गर्नुपर्नेमा जोड दिए। 

सो संस्थाको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वका १८० मुलुकमध्ये १२२ औँ स्थानमा छ। भ्रष्टाचार हुनुमा ७७ प्रतिशत राजनीतिक र ६६ प्रतिशत प्रशासनिक क्षेत्रलाई दोषी देखाइएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्यसचिव दामोदर गौतम, अभियन्ता केदार खड्कासहितले समाजका तर्फबाट प्रधानमन्त्री ओलीलाई आफ्ना सङ्कल्प व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए। उनीहरुले आयोगलाई सशक्त र प्रभावकारी बनाउन, मन्त्रालयबाट हुने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट नगर्न सुझाव दिएका छन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।