बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, इन्स्पेक्टरका बडिगार्ड घाइते

बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, इन्स्पेक्टरका बडिगार्ड घाइते

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

National life
kumari

काठमाडौं- काठमाडौँको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट आज गोली चल्दा दुईजना घाइते भएका छन्। 

डिउटी सकेर हतियार बुझाउने क्रममा पेस्तोलबाट एक राउन्ड गोली चलेपछि गोली लागेर प्रहरी निरीक्षक  श्रेष्ठका अङ्गरक्षक घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए। अङ्गरक्षकको खुट्टामा गोली लागेको छ। उक्त घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन्। दुवैजनाको अवस्था खतरामुक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बताए। 

नियतवस घटना भएको नभई केही लापरबाही देखिएको उल्लेख गर्दै एआइजी थापाले घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिइसकेको बताए।

प्रकाशित: Feb 18, 2024| 20:28 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्