काठमाडौं- राजधानीको बोहराटारबाट आठ जना जुवाडेलार्इ पक्राउ गरिएको छ।
काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित केशरीमाया दर्लामीको घरमा जुवातास खेलीरहेको अवस्थामा उनीहरुलार्इ पक्राउ गरेको हो। बालाजु बस्ने रामेछापका ६१ वर्षीय डम्बरबहादुर थापामगर समेत ८ जनालाई १ बुक तास र नगद ५३ हजार ३ सय रुपैयाँ सहित महानगरीय प्रहरी बृत्त बालाजुको प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४