शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल बर्खास्त

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल बर्खास्त

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको देखिएकाले बर्खास्त गरिएको हो। पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिएको छ।

उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा चलाइसकेको छ।

प्रकाशित: Feb 18, 2024| 19:59 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्