आइतबार, साउन १०, २०८३

कर्णालीका यात्रुलाई बचाउने यो घर !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- भेरीगंगा-१२ छिन्चुस्थित चोकमा सानो घर छ। नेपालगञ्जबाट आएका बसहरु सुर्खेत र जाजरकोटतिर छुट्टिने तीन कुने चोक। त्यही चौकमै छ एउटा दुई कोठे सानो घर। टिनको पाताले छाए पनि पहेँलो कलरले चिटिक्क देखिन्छ।

गेटमै दुई वटा गमलाहरुले स्वागत गरिएको छन्। गमलामा रोपिएका विरुवाले फ्याक्ने अक्सिजन मानिसको जीवनमा जति आवश्यक पर्छ जतिकै महत्वपूर्ण छ त्यो घर। हेर्दा सानो तर ठूलो उद्देश्य निकै ठूलो। 

यसअघि कर्णाली प्रदेशमा यस्ता घरहरु बनेको छैनन्। भन्नुको अर्थ कर्णालीमा पहिलो पटक एउटामात्रै घर हो यो। जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल निर्माण गरिएको घरलाई ‘रिफ्रेस सेन्टर’ भनिन्छ। ३५ जना दाताहरुको सहयोगमा निर्माण गरिएको यो घरले कर्णालीका सम्पूर्ण यात्रुहरुलाई बचाउने उद्देश्य बोकेको छ।

पछिल्लो समय कर्णालीमा सडक दुर्घटनाहरु बढ्न थालेपछि लामो तथा छोटो दुरीका यात्रुवहाक बसहरुलाई रिफ्रेस अर्थात आराम गर्नका लागि निर्माण गरिएको हो। ‘सवारीकै लापरबाही र तनावका कारण सडक दुर्घटना बढ्न थालेपछि रिफ्रेस सेन्टर गरेका हौं।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरिबहादुर विसीले भने ‘रिफ्रेस सेन्टरले यात्रुलाई बचाउन र दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण सहयोग मिल्ने छ।’ ‘प्राय सडक दुर्घटनामा चालक नै दोषी छन्।’ उनले भने ‘अधिकांस चालक यात्राका अनेक तनावमा हुन्छ, जसका कारण दुर्घटना निम्तिन्छ।’

रिफ्रेस सेन्टरमा हरेक दिन आउने लामो तथा छोटो दुरीका बसहरु विश्राम लिन्छन्। सवारी चालक र यात्रुहरु बसबाट झरेर फ्रेस हुन्छन्।  जसले गर्दा सवारी दुर्घटना केही रुपमा न्यूनिकरण हुने प्रहरीको आशा छ।

भेरीगंगा नगरपालिकाले ३ लाख, प्रदेश प्रहरी कार्यालयको २ लाख र अन्य संस्थागत र व्यक्तिगत गरी ८ लाख १७ करोडको लागतमा रिफ्रेस सेन्टर केहीदिनअघिबाट सञ्चालनमा ल्याइएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।