आइतबार, वैशाख २८, २०८२

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

 |  आइतबार, फागुन ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

vianetvianet

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत पाएका छन्। उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

triton college

आइतबार बसेको मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले तेश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्। प्रदेशसभा बैठकमा उपस्थित १ सय ४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको विपक्षमा ३५ मत परेको थियो।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन्। जनता समाजवादी पार्टीका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: Feb 18, 2024| 19:28 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्