शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पिकनिक गएको थियो मेयरको टोली, खाना सर्केर स्वकीय सचिवको मृत्यु

पिकनिक गएको थियो मेयरको टोली, खाना सर्केर स्वकीय सचिवको मृत्यु

 |  शनिबार, फागुन ५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ५, २०८०

मन्थली (रामेछाप)- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रम अन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ।

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७  सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए। खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो।

खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो। पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो।

सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए। उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य छ ।  
 

प्रकाशित: Feb 17, 2024| 18:45 शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्