आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होटलबाटै एसएसपी बढुवा सूची बनाउँदै गृहमन्त्रीका छोरा

होटलबाटै एसएसपी बढुवा सूची बनाउँदै गृहमन्त्रीका छोरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–कात्तिक दोस्रो साता गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाले प्रहरीका एक एसपीलाई नक्सालस्थित एक होटलमा बोलाए । गृहमन्त्रीका स्वकीय सचिवसमेत रहेका प्रतीकलाई भेट्न ती एसपी नक्सालस्थित एक होटलमा पुगे । 

ती एसपी साँझ ६.३० बजे नक्सालस्थित होटलमा पुग्दा प्रतीक मदिरा पिइरहेका थिए । प्रतीकले ती एसपीलाई ‘एसएसपी बढुवा सूची तयार गर्नुपर्‍यो’ भन्दै आफूसँगैको सिटमा बस्न आग्रह गरे । गृहमन्त्रीको छोराको यस्तो भनाइले आफू अन्योलमा परेको ती एसपी नेपाल समयलाई बताए । उनले भने, ‘प्रतीकको त्यो भनाइले म अक्क न बक्क परें । उनको सर्मथन गरौं गलत भइएला, नगरौं बढुवा रोकिएला दुविधा भयो मलाई । बढुवाको सूची होटलमा बसेर तयार हुँदो रैछ, अनि हामी कसरी करियर प्लानिङ गर्न सक्छौं ?’ 

स्रोतका अनुसार गृहमन्त्रीका स्वकीय सचिव प्रतीकले केही कनिष्ट तथा विवादित एसपीलाई विभिन्न होटलमा बोलाएर बढुवाको सूची तयार पारेका छन् । बाबु गृहमन्त्री बनेपछिका प्रतीकका क्रियाकलापले आफूसमेत आश्चर्यमा परेको नेकपाका एक युवा नेता तथा उनका सहकर्मी बताउँछन् । 

प्रतीकका गतिविधिले सिनियर एसपी निराश बनेका छन् भने कनिष्ट एसपी उनको फेरो समाएर बढुवा हुने दाउमा चलखेलमा लागेको प्रहरी उच्च स्रोतले दाबी गरेको छ । प्रतीकका क्रियाकलापले गृहमन्त्री बादलसमेत हैरान भएका छन् । उनी स्वकीय सचिवको जिम्मेवारीभन्दा प्रहरी सरुवाबढुवा चलखेलमा सक्रिय रहेपछि नेकपाभित्र पनि गृहमन्त्री बादलले चर्को आलोचना हुन थालेको छ ।

प्रतीकलाई गृहमन्त्री रहेका बाबु बादलले बिनाहैसियत छोरा प्रतीकको सुरक्षाका लागि सशस्त्र प्रहरीका एक जवान खटाएका छन् । स्रोतका अनुसार उनको सुरक्षामा केही प्रहरीसमेत खटिएका छन् । गृहमन्त्री थापाका यस्तो कार्यशैलीका कारण नेकपाका कतिपय निष्ठावान् नेता आक्रोशित बनेका छन् । यसबारे उनीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष पनि गुनासो पोखिसकेका छन् । 

चितवनको नारायणी माध्यमिक विद्यालयमा कक्षा १२ को पढाइ छाडेर बाबुको सहयोगीका रूपमा खटिएका प्रतीक बादल रक्षामन्त्री रहँदा तत्कालीन माओवादीका सामान्य कार्यकर्ता थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।