बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रिटर्नि सेन्टर नेपाल मण्डनदेउपुर पालिकाको अध्यक्षमा किरण घर्ती

रिटर्नि सेन्टर नेपाल मण्डनदेउपुर पालिकाको अध्यक्षमा किरण घर्ती

 |  शनिबार, फागुन ५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ५, २०८०

काठमाडौं- काभ्रेको कुन्तावेशीमा नेकपा (माओवादी केन्द्र) को जनबर्गिय संगठन रिटर्नि सेन्टर नेपाल मण्डनदेउपुर पालिकाको सम्मेलन शुक्रबार सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र ) को मण्डनदेउपुर नगर इन्चार्ज ध्रुब काफ्लेको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले किरण घर्तीको अध्यक्षतामा ९ सदस्यीय कमिटि चयन गरेको छ।

National life

काफ्लेले रिटर्नि सेन्टर नेपालले मुल पार्टीसँग समन्वय तथा छलफल गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले नवगठित कमिटीलाई बधाई तथा शुभकामना ब्यक्त गरे।

रिटर्नि सेन्टर नेपालका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिनोद दंगालले रिटर्नि सेन्टर नेपालबारे जानकारी गराउँदैं रिटर्निहरुले विदेशबाट सिकेको श्रम, सिप, पुँजी तथा प्रबिधिको प्रयोग गर्दै सामुहिक लगानी मार्फत युवाहरुलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउनुपर्ने बताए।

रिटर्नि सेन्टर नेपाल काभ्रे जिल्ला अध्यक्ष किशोर सापकोटाले पार्टीको मूल्यमान्यतामा अधारित भएर तथा उत्पादनलाई जोडेर  रिटर्नि सेन्टर नेपाल अगाडि बढ्ने बताए। अध्यक्ष सापकोटाले काभ्रेका बिभिन्न पालिकाहरुमा रिटर्नि सेन्टर नेपालको संगठनको तिब्र बिस्तार गर्ने बताए। सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का क्षेत्रिय सदस्य उद्धब बस्नेत, अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी केन्द्र) मण्डनदेउपुर नगरकमिटी अध्यक्ष देबि डोटेलले नवगठित कमिटीलाई शुभकामना ब्यक्त गरेका थिए।

रिटर्नि सेन्टर नेपाल मण्डनदेउपुरका पदाधिकारीहरु 
अध्यक्ष-  किरण घर्ती
सचिव-  प्रयास तामाङ 
कोषाध्यक्ष- बिनोद ढकाल 
सदस्य- नवीन तिमल्सिना 
सदस्य- गणेश ढकाल
सदस्य- सन्दिप  हमाल
सदस्य- रमेश ढकाल 
सदस्य- जित ब.तामाङ 
सदस्य- गोपाल तामाङ

Shivam cement

प्रकाशित: Feb 17, 2024| 17:23 शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्