बुधबार, चैत २५, २०८२

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

 |  शनिबार, फागुन ५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ५, २०८०

National life
kumari

मलेखु- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। 

काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। 

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताउनुभयो। घाइतेको विवरण भने आउन बाँकी रहेको छ। बसमा ३० जना तीर्थयात्री सवार थिए। 
 

प्रकाशित: Feb 17, 2024| 13:14 शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्