बुधबार, चैत २५, २०८२

चितुवाको आक्रमणबाट कञ्चनपुरमा एक युवक घाइते

 |  शनिबार, फागुन ५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ५, २०८०

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्।

National life

मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन्।

कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका–८ खपटी खोला नजिकै हुलाकी सडकमा शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो।

आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ। उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताए। गत वर्ष पुर्नबास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो।

प्रकाशित: Feb 17, 2024| 09:36 शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्