शुक्रबार, चैत २०, २०८२

चितवनमाथि ललितपुर ११ रनले विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गरेकोछ । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा ललितपुरले चितवनलाई ११ रनले पराजित गरेको हो । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन मात्र बनाउन सक्यो । चितवनका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन जोडे पनी टोलीलार्इ जित दिलाउन भने सकेन्न । 

उनले ४५ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै ४१ रन जोडको थिए । कप्तान प्रिथु बास्कोटाले २६ रन जोडे । उनले २९ बल खेल्दै तीन चौका प्रहार गरेका थिए । त्यस्तै भिम सार्कीले २१ रन जोडे । 

निकै नै आक्रमक ब्याटिङ प्रस्तुत गरेका भिमले ९ बलमा एक चौका र दुई छक्का प्रहार गरेका थिए । जोर्ज स्कटले १८ रन र जोन सिम्प्सनले १३ रन जोड्न बाहेर अन्य ब्याट्सम्यानले एक रन मात्र जोडे । ललितपुरका लागि सन्दिप लामिछाने तीन, सन्नी पटेलले दुई विकेट लिँदा, गौरभ तोमार र ललित राजवंशीले एक-एक विकेट लिएका थिए । 

यसअघि ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रन जोडका थिए । उनले ३४ बलमा १ चौ र ३ छक्कका प्रहार गर्दै ३५ रन जोडेका हुन् । त्यस्सतै सन्दिप जोराले पनि २५ रन जोड्दै अविजित रहे । 

उनले ८ बलमा विस्फोटक ब्याटिङ गर्दै १ चौका र ३ छक्काको मद्दतमा २५ रन जोडे । गौरभ तोमारले ३० रन जोडे । उनले २८ बल खेल्दै दुई चौकार र दुई छक्को मद्दतमा रन जोडेका हुन् । 

जयकिसन कोल्सावालाले २० रन, सन्नी पटेलले १९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । यता चितवनका लागि जोर्ज स्कटले २ विकेट लिँदा, ललित सिंह भण्डारी, कमलसिंह ऐरी र पउल स्र्टलिङले समान एक एक विकेट लिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।