आइतबार, साउन १०, २०८३

'हिन्दु धर्ममाथिको आक्रमण आगोसँग खेल्नुजस्तै हो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले हिन्दु धर्मावलम्बीलाई चिड्याउनु आगोसँग खेल्नुजस्तै भएको बताएका छन् । 

झापाको बिर्तामोडमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जनजागरण कार्यक्रममा थापाले केही दिनअघि काठमाडौंमा भएको युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लक्षित गर्दै आगोसँग नखेल्न सरकारलाई चेतावनी दिएका हुन्। 

उनले भने, ‘आइन्दा सरकारले यस्तो हर्कत नगरोस्, आगोसँग खेल्ने काम नगरोस्।’

उनले हिन्दु जनजागरण कार्यक्रम बेमौसमको बाजा नभएको बताए। उनले भने, ‘हिन्दु राष्ट्र पुनःस्थापना अभियान चुनावका बेलामा मात्र उचालिने मुद्दा होइन । यो हाम्रो निरन्तरको संघर्ष हो, यो अभियान कुनै धर्मविरुद्ध गरिएको होइन, नेपालीको आस्था र विश्वासको संरक्षणका लागि गरिएको हो।’

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले अहिले राप्रपालाई भोट होइन, सपोर्ट चाहिएको बताए। उनले हिन्दु राष्ट्र पुनः स्थापना अभियानमा राप्रपालाई जनताको साथ चाहिएको बताए।

लिङ्देनले भने, ‘तपाईंहरूले केही दिनअघि काठमाडौंमा गरिएको जात्रा देखिहाल्नुभयो, विदेशीहरु धार्मिक द्वन्द्व निम्त्याउन पैसाको खोला बगाएर लागिपरेका छन्। तपाईंहामी सजग हुनुपर्छ।’

जगतगुरु मोहनशरणले हिन्दु राष्ट्र पुनः स्थापनाका लागि जुनसुकै कार्यक्रममा पनि आफू उपस्थित हुने बताए । उनले भने, ‘हिन्दु राष्ट्र नेपालको पहिचान हो, प्रतिष्ठा हो, हिन्दु राष्ट्र नेपालको स्वाभिमान हो, गौरव हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।