बुधबार, चैत २५, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु, ६ जना मृत फेला

 |  शुक्रबार, फागुन ४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ४, २०८०

काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा ६ जना मृत फेला परेका छन्।

National life

प्रहरीका अनुसार तनहुँ, शुक्लागण्डकी नगरपालिका-१० छाब्दी देउरालीस्थित सडकमा ग.७ प ६९२४ नम्बरको मोटरसाइकल र ग.१ त ३९९४ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकमा सवार सोही नगरपालिका-१ थप्रेक बस्ने ४५ वर्षीया पिपलकौरी गुरूङको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यान, कालिमाटी गाउँपालिका-४ हुल्केखोलामा घोरचौरबाट कालिमाटीतर्फ जाँदै गरेको रा.१ त ४४५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक त्रिबेणी गाउँपालिका-१ बस्ने २७ वर्षीय शसिराम घर्तीको घटनास्थलमै मृत्यु भएको छ।

बझाङ, जयपृथ्बी नगरपालिका-११ साईलाबगरस्थित सडकमा से.१ ज ८६८ नम्बरको जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा जीपमा सवार सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय सुस्मिता कठायतको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बझाङमा उपचरको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका चालक र सहचालकको सोही अस्पताल हुँदै थप उपचारको लागि धनगढी रिफर गरिएको छ।

सिन्धुली, दुधौली नगरपालिका-९ आँप डाँडास्थित सडकमा स.१० प ३९०९ नम्बरको मोटरसाइकललाई प्र.१-०५-००१ प ६२८६ नम्बरको मोटरसाइकलले शुक्रबार बिहान ठक्कर दिई दुर्घटना हुँदा प्र.१-०५-००१ प ६२८६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने २३ वर्षीय बेचु कुमरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी सरकारी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स.१० प ३९०९ नम्बरको मोटरसाइकल चालकको प्रयाग हस्पिटल दुधौलीमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

kumari

मृत फेला
‍‍‍‍‍‍‍‍‍‍
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका-४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

सुनसरी, ईटहरी उपमहानगरपालिका-४ बुढिखोला घाटमा काम गरी बस्ने दुहवी घर बताउने ५५ वर्षीय प्रदिप चौधरी नाम गरेको व्यक्ति बिहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-११ तल्लो खयरसालस्थित काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका-४ घर भएका ३७ वर्षीय टेक बहादुर सोमै सोही नगरपालिका- ११ मजुवास्थित अरुणखोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

ईलाम, माईजोगमाई गाउँपालिका-४ डाँडागाउँ बस्ने ३० वर्षीय भोजराज खत्री सोही नगरपालिका-४ नौलेगाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

मोरङ, मिक्लाजुङ गाउँपालिका-२ बस्ने ६९ वर्षीय पदम राई सोही गाउँपालिका-२ कुवा पानीस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

सर्लाही, चक्रघटा गाउँपालिका-८ औरहीस्थित नहरको भुर्पी पुल नजिक मसालाको रूख मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 16, 2024| 12:26 शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्