शनिबार, भदौ १३, २०८३

बुटवल नजिक जंगलमा प्रहरी हवल्दार मृत भेटिए

 |  शुक्रबार, फागुन ४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ४, २०८०

नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको बताइएको छ।

ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडिसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनी काठमाडौंबाट नेपालगञ्ज बसबाट फर्किंदै गर्दा बुटवलमा झरेको पाइएको छ।

ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको प्रहरीले जनाएको छ। जंगलमा एक्लै यात्रा गर्ने क्रममा खान नपाएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: Feb 16, 2024| 12:06 शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्