आइतबार, साउन १०, २०८३

चितवनलाई जितका लागि १ सय ४४ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ४४ रनको लक्ष्य सुम्पेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनाएको थियो । 

ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रन जोडे । उनले ३४ बलमा १ चौका र ३ छक्कका प्रहार गर्दै ३५ रन जोडेका हुन् । त्यस्तै सन्दिप जोराले पनि २५ रन जोड्दै अविजित रहे । 

उनले ८ बलमा विस्फोटक ब्याटिङ गर्दै १ चौका र ३ छक्काको मद्दतमा २५ रन जोडे । गौरभ तोमारले ३० रन जोडे । उनले २८ बल खेल्दै दुई चौकार र दुई छक्को मद्दतमा ३० रन जोडेका हुन् । 

जयकिसन कोल्सावालाले २० रन, सन्नी पटेलले १९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । यता चितवनका लागि जोर्ज स्कटले २ विकेट लिँदा, ललित सिंह भण्डारी, कमलसिंह ऐरी र पउल स्र्टलिङले समान एक एक विकेट लिए । केहि बेरमा चितवनले जवाफी ब्याटिङ गर्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।