आइतबार, साउन १०, २०८३

मोटरसाइकल पोलमा ठोक्‍कियो, एकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । 

टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको मोटरसाइकल चालक गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको हो । गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती भने घाइते भएका छन् । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले पोलमा ठोक्किएर गम्भीर घाइते सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

दुवै जनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानमा खुलेको र घाइते सुर्र्खेतीको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।