बिहीबार, असार ११, २०८३

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०
National life
Shivam cement

काठमाडौं- रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको ध्वाँसे फूलबारी घर भई काठमाडौंको स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन्।

तामाङले गणेश बि.सी समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लाग्छ र रसिया पुगेपछि कन्ट्रक्सनमा लेबर काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी १ लाख ६५ हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा बुधबार सामाखुसीबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 15, 2024| 19:45 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्