बुधबार, चैत २५, २०८२

ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व सचिवसहित १२ जना दोषी ठहर

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

काठमाडौं- विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ। २३ दिनको लगातार सुनुवाइपछि बिहीबार फैसला भएको हो। 

National life

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो। 

यो प्रकरणमा अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त तथा तत्कालिन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन्। उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ। उनीहरुलाई नक्कली मोही खडा गरेको दोषी ठहर गरिएको हो।

यसैगरी सरकारी जग्गा आफ्नो नाममा ल्याउने व्यापारी मीनबहादुर गुरूङ, भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी पनि दोषी ठहर भएका छन्। तत्कालीन मालपोत अधिकृत कलाधर देउजा पनि यो प्रकरणमा दोषी ठहरिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो।

kumari

प्रकाशित: Feb 15, 2024| 19:14 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्