आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विकास निर्माणमा भएको ढिलासुस्तीको खबरदारी गर्न युवाहरु संगठित

विकास निर्माणमा भएको ढिलासुस्तीको खबरदारी गर्न युवाहरु संगठित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– तराई मधेसको विकास निर्माण कार्यमा भईरहेको ढिलासुस्ती एवं अनियमितताका बिरुद्धमा आवाज उठाउँने उदेश्यले युवाहरु संगठित भएका छन् । 

शनिबार काठमाडौंमा भएको युवाहरुको भेलाले मधेस बिकास मञ्च गठन गर्दै विकासका मुद्धामा सशक्त आवाज उठाउँने निर्णय गरेका छन् । काठमाडौंमा अध्ययन एवं बिभिन्न पेशामा सक्रिय युवाहरुको सो भेलाले सुभाष साहलाई मञ्चको संयोजक चयन गरेका छन् । 

‘मधेस र मधेसीको नाम लिएर भजाउँने र सत्तामा पुगेपछि काम नगरी रमाउँनेहरु धेरै भए’ संयोजक साहले भने, ‘अब ति मसिहा तथा बर्षौदेखी सत्तामा रहेर पनि मधेसको बिकास गर्न नचाहने शासकका बिरुद्धमा सशक्त आवाज उठाउनेछौं ।’

युवाहरुको भेलाले बर्षौदेखी बनाउँने भनिए पनि अहिलेसम्म बनाउँन नसकिएको हुलाकी राजमार्ग आठ लेनको बनाउँनुपर्ने, बारा अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्याक लगायत राष्ट्रिय गौरबका योजना बनाउँन सरकार, राजनीतिक दल तथा तिनका नेतालाई दबाब दिने संयोजक साहले बताए । 

मधेसमा पर्यटनको बिकासका लागि मञ्चले लुम्बिनी–गढीमाई–सिम्रौनगढ–जनकपुर जोडने गरी रेलमार्ग निर्माण हुनुपर्ने माग अघि सारेको छ । यसैगरी रक्सौल–बीरगंज–काठमाडौं तथा पुर्व पश्चिाम रेलमार्ग निर्माण छिटो हुनुपर्ने माग मञ्चमा आबद्ध युवाहरुले गरेका छन् । 

मधेसका राष्ट्रिय वनजङ्गल मासेर निर्माण गरिएका भौतिक संरचना हटाउँनुपर्ने, हरियो मधेस निर्माणका लागि एक अर्ब बोटबिरुवा रोप्नुपर्ने अभियान शुरु गर्नुपर्ने माग सरकारसंग गर्दै मञ्चले चुरेसंरक्षण गर्न आग्रह गरेको छ । 

मञ्चले मधेसका प्रत्येक स्थानीय तहका प्रत्येक वडामा अत्याधुनिक पुस्तकालय स्थापना गर्नुका साथै शिक्षा, स्वास्थ्य, कानुन, इन्जिनियर, कृषी, लगायतका शिक्षाका लागि आंगिक एवं उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने माग सरकासंग गरेको छ । 

यसैगरी धार्मिक, सांस्कृतिक, पुरातात्वीक एवं ऐतिहासिक स्थल सिम्रौनगढ, गढीमाई, जनकपुरधाम, सहलेस, लुम्बिनी लगायत क्षेत्रको बिकासका लागि महत्वपुर्ण योजना ल्याउँन सरकारसंग माग गरिएको छ । 

मधेसका प्रत्येक जिल्ला सदरमुकाममा राष्ट्रियस्तरको खेलमैदान, सभागृह निर्माण गर्नुपर्ने माग अघि सारिएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गर्ने कलैयामा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्नुपर्ने माग मञ्चको रहेको छ । 

बन्द अवस्थामा रहेका बीरगंज कृषी औजार कारखाना, वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना सहितका उधोगहरु पुनसञ्चालन गर्नुपर्ने र नयाँ उधोग स्थापना गरी रोजगारीको सृजना गर्नुपर्ने माग मञ्चले अघि सारेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।