बुधबार, चैत २५, २०८२

म्याग्देमा दुई पुल बन्दा चार हजार लाभान्वित

 |  शुक्रबार, फागुन ४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ४, २०८०

तनहुँ- चालु आर्थिक वर्षमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि चार हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन्। म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माण भएको हो।

National life

स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए।

पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएको छ। म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट एक हजार पाँचसय घरधुरीका मानिस लाभान्वित भएका छन्।

उक्त पुल एक करोड ४१ लाख ५८ हजार नौ सय ९० रूपैयाँमा निर्माण भएको हो। विसं २०७९ भदौ १ मा सम्झौता भइ २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एण्ड बिल्र्डस पर्वतले पुल निर्माणको ठेक्का पाएको थियो। 

बुल्दीखोलामा निर्माण गरिएको पुलबाट दुई हजार छ सय ४० घरधुरीका मानिस लाभान्वित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। उक्त पुल तीन करोड १२ लाख ४६ हजार छ सय १३ रूपैयाँमा निर्माण भएको हो। विसं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ बैशाख ४ गते सम्पन्न गर्ने गरी माई-डीएस जेभीले ठेक्का लिएको थियो। 

kumari

प्रकाशित: Feb 16, 2024| 07:02 शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्