काठमाडौं–‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको सुरुवात गरिएको छ ।
नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले उद्घाटन गरेका छन् ।
कार्यक्रममा नेता गुरुङले काङ्ग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘काङ्ग्रेसलाई देशव्यापी रुपमा बलियो बनाउनका लागि अभियानले सहयोग पुग्नेछ,’ उनले बताए ।
नेता गुरुङले बलियो काङ्ग्रेस निर्माणका लागि आफूले काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा पटकपटक आवाज उठाउँदै आएको बताए । देशभरका काङ्ग्रेस कार्यकर्तालाई एक बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन अभियानलाई देशव्यापी लैजान जरुरी रहेको उनको भनाई छ ।
अभियन्ता दीपक भण्डारीले पार्टीभित्र एउटै व्यक्तिले दोहो¥याउने परिपाटीको अन्त्य गर्दै समान अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न उक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
अभियन्ता हरिशरण खतिवडाले नयाँ दृष्टिकोण र नयाँ सोचका साथ पार्टीलाई अगाडि बढाउन अभियान सुरु गर्न लागिएको बताउँदै आगामी दिनमा यो अभियानलाई देशव्यापी लैजाने बताए ।
अभियन्ता अञ्जना अर्याल, जयराम दाहाल लगायतले नयाँ काङ्ग्रेस निर्माणका लागि अभियानले सहयोग पुग्ने विश्वास गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४