शनिबार, भदौ १३, २०८३

अमेरिका लैजाने भनेर बन्धक बनाइएका ११ जनाको उद्धार

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

उनले भने, “हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ।”

प्रकाशित: Feb 15, 2024| 13:06 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्