शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भ्यालेन्टाइन डे मनाउन कोठामा जाँदा १८ वर्षे किशोरबाट १५ वर्षीया किशोरी बलात्कृत

भ्यालेन्टाइन डे मनाउन कोठामा जाँदा १८ वर्षे किशोरबाट १५ वर्षीया किशोरी बलात्कृत

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

सिरहाको लहानमा भ्यालेन्टाइन डे मनाउन भनी कोठामा बोलाएर एक किशोरले नाबालिग बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

लहान नगरपालिका-२ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन्।

बलात्कृत किशोरीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए। पीडित परिवारले राति १२ बजेतिर घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको छ।

बलात्कृत किशोरी अत्यधिक रक्तश्राव भएर बेहोस भएपछि उनलाई आफन्तले बुधबार साँझ प्रादेशिक अस्पताल लहान लगेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ।

 

प्रकाशित: Feb 15, 2024| 11:44 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्