बुधबार, चैत २५, २०८२

कपिलवस्तुमा मध्यराति बस दुर्घटना, १० जनाको मृत्यु

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

National life
kumari

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति सवा १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको हो। दुर्घटना दाङ र कपिलवस्तुको सीमा क्षेत्रमा भएको हो।

मृतकमध्ये तीन महिला र सात पुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन।
दुर्घटनामा ३० जना घाइते भएका छन्। तीमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ र अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ। बसमा ४० यात्रु रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।

प्रकाशित: Feb 15, 2024| 08:30 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्