शनिबार, भदौ १३, २०८३

पाथीभरा एड्भरटाइजिङ प्रालि दशौं वर्षमा प्रवेश

 |  बुधबार, फागुन २, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २, २०८०

इटहरी- इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रा.लि नवौँ वर्ष पूरा गरेर दस वर्षमा र पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर पाँच वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ।

इटहरीमा प्रधान कार्यालय रहेको कम्पनी  श्री पञ्चमीको अवसर पारेर उद्घाटन भएको कम्पनी १० वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

प्रा.लिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन्।

पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटाइजिङले कोशी प्रदेशमा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ।

आगामी दिनमासमेत विज्ञापनको क्षेत्रसँगै बेरोजगारी निरुत्साहित गर्न कम्पनीले थप योजनासहित काम गर्ने प्रबन्ध निर्देशक अधिकारीले बताए।

प्रकाशित: Feb 14, 2024| 20:12 बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्