बुधबार, चैत २५, २०८२

धनुषा र सिरहा जोड्ने पुल बन्यो पर्यटकस्थल

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

गोदार- धनुषा र सिरहालाई जोड्ने एक हजार पाँच सय दशमलव ४४ मिटर लामो कठाल मल्हनिया मल्टिस्पान झोलुंगे पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ। करिब दुई साताअघि निर्माण भइ सञ्चालनमा आएको उक्त पुल हेर्न नेपाल र भारतबाट सयौँको सङ्ख्यामा मानिस आउने गरेका छन्।

National life

दैनिक पाँच सयदेखि आठसयको हाराहारीमा पुल घुम्न मानिस आउने गरेको धनुषा जनकनन्दनी गाउँपालिका-६ कठालका बिल्टु मण्डलले बताए। नदी र बालुवाबाहेक केही नभएको झोलुंगे पुल निर्माण भएपछि आवतजावतको सहजतासँगै यस क्षेत्र भरिभराउ देखिन थालेको उनको भनाइ थियो।

मण्डलले भने, 'पुल वरिपरि धमाधम पसल खुल्दैछन्। यसले गर्दा स्थानीय बासिन्दाको आम्दानीको स्रोत बढ्दै गएको छ।'

पुल हेर्नका लागि अहिले आसपासका गाउँबाट मात्रै होइन छिमेकीमूलुक भारतको मधुवनी जिल्लाका जयनगर, भदौर, देउधा, हरिने हरलाखी, अकोन्हा, उछाल, बेलालगायतका दर्जनौँ ठाउँबाट मानिस आउने गरेका पुलको सुरक्षामा खटिएका प्रहरी चौकी बलहा गोठ बनरझुल्लाका इन्चार्ज शर्मा प्रसाद यादवले जानकारी दिए।

'जहिया स पुल्ला बैन सुरु भेलैया, तहिया स गाममे मुरही कचरीके नस्ताके दोकान चल्बे नै करै छल (जहिलेदेखि पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भयो। तबदेखि गाउँमा रहेको मुरही कचरीको नास्ता पसलमा बिक्री कम हुँदैन)', जनकनन्दनी-६ कठालमा मुरही कचरीका पसल थापेकी गीतादेवीले भनिन्। पहिले गाउँमा दुई हजारदेखि दुई हजार पाँचसय रूपैयाँसम्मको बिक्री हुनेमा अहिले कम हुँदै गएको उनले बताइन्।

kumari

गाउँमा बिक्री कम हुन थालेपछि पुलको शिरमा चप, कचरी, मुरही र जिलेबी बेच्न थालिएको गीतादेवीले बताइन्। यहाँ पसल थापेपछि पुनः दैनिक दुई हजारदेखि तीन हजार रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन्।

यो पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन र तीन हजार आठ सय ८६ पैदलयात्रीको रहेको छ। सम्झौता मितिभन्दा छ महिना अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको छ।

टावरमा सोलार प्यानल जडान
पुलमा रातिको समयमा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सोलार प्यानल जडान गरिएको छ। पुलमा ६ वटा सोलार प्यानल जडान गरिएको पुल निर्माणमा स्वयंसेवकका रुपमा खटिएका इन्जिनियर विनोदकुमार मण्डलले बताए। 

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका भौतिक पूर्वाधार विकास निर्देशनालय जनकपुरधामको सहयोगमा पुलमा सोलार प्यानल जडान गरिएको उनले जानकारी दिए। उनका अनुसार दश लाखको लागतमा उक्त सोलार प्यानल पुलको छ वटै टावरमा जडान गरिएको हो।    -रासस

प्रकाशित: Feb 15, 2024| 08:01 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्