आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सलाहको ह्याट्रिकसँगै लिभरपुल शीर्षस्थानमा, सिटी चेल्सीसँग पराजित

सलाहको ह्याट्रिकसँगै लिभरपुल शीर्षस्थानमा, सिटी चेल्सीसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शनिबार राति भएको इंग्लिस प्रिमियर लिगमा मोहम्मद सलाहको ह्याट्रिकसँगै लिभरपुल लिगको शीर्षस्थानमा उक्लेको । बोर्नमाउथको घरेलु मैदानमा उसैलाई ४-० ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको हो । यस जितसँगै लिभरपुलले दोस्रोस्थानमा रहेका म्यानचेस्टर सिटीसँग १ अंकको अग्रता बनाएको छ । 

पहिलो हाफको २५ औं मिनेटमा सलाहले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको लिभरपुलका लागि दोस्रो हाफमा थप दुई गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । 

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै सालाहले व्यक्तीगत दोस्रो गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । लिभरपुलको तेस्रो गोल बर्नमाउथका खेलाडीले आत्मघाती गोल उपहार दिएका गरेका थिए । 

खेलको ६८ औं स्टिभ कुकको आत्मघाती गोलमा लिभरपुलको अग्रता तेब्बर भएको थियो । तर, खेलको ७७ औं मिनेटमा सलाहले ह्याट्रिक पुरा गर्दै लिभरपुललाई ४-० ले जित दिलाए । जारी सिजनमा सलाहको यो १० औं गोल हो । 

त्यस्तै शनिबार नै भएको अन्ये खेलमा म्यानेचस्टर सिटी चेलसीसँग २-० ले पराजित भएको छ । लिगका अपराजित रहेको सिटीको यो पहिलो हार हो । अर्को खेलमा लेस्टर सिटी टोटनह्यामसँग २-० ले नै पराजित भएको छ । 

क्रिस्टलप्यालेस वेस्टह्यामसँग ३-२ ले पराजित हुँदा, आर्सनल हडर्सफिल्डसँग १-० ले विजय भएको छ । म्यानचेस्टर युनाइटेड फुल्हासँग ४-१ ले विजय हुँदा, बर्लिन ब्राइटनसँग १-० ले विजय भएको छ ।

लिगको अंक तालिकामा लिभरपुल ४२ अंक सिहित  शीर्षस्थानमा रहादा, म्यानचेस्टर सिटी ४१ अंक सहित दोस्रोस्थानमा छ । त्यस्तै टोटनह्याम ३६ हअंक सहित तेस्रो स्थानमा रहँदा चेलसी ३४ अंक सहित चौथो स्थानमा छत्यस्तै टोटनह्याम ३६ हअंक सहित तेस्रो स्थानमा रहँदा चेलसी ३४ अंक सहित चौथो स्थानमा छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।