शनिबार, भदौ १३, २०८३

नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु हुँदै

 |  बुधबार, फागुन २, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २, २०८०

नेपालगञ्ज- नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ। नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए।

यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

अध्यक्ष सिग्देलले यति एअरलाइन्सबाट सुरु हुने हवाई उडानका लागि अहिले एकतर्फी रुपमा रु आठ हजार पाँच सय भाडा कायम भएको जानकारी दिँदै उडान अवधिको समय १:३० निर्धारण गरिएको बताए। उनका अनुसार विभिन्न सरोकारवाला सङ्घसंस्थाको पहलमा सुरु हुने हवाई सेवाका लागि रु ३० लाख खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित: Feb 14, 2024| 09:49 बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्