बुधबार, चैत २५, २०८२

ताप्लेजुङमा आगलागी हुँदा आठ लाखको क्षति

 |  बुधबार, फागुन २, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २, २०८०

National life
kumari

फुङ्लिङ- ताप्लेजुङको फक्तालुङ गाउँपालिका–१ सावदेनस्थित एक घरमा मङ्गलबार आगलागी हुँदा घर जलेको छभने त्यहाँ रहेको आठ लाख बराबरको धनमाल नष्ट भएको छ। 

आगलागीबाट बुद्धमती लिम्बूको घर पूर्ण रूपमा नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।  मंगलबा दिउँसो आगलागी हुँदा दुईतले कच्ची जलेको हो। घरमा रु एक लाख नगद र तीन तोला सुनसमेत नष्ट भएको बताइएको छ। 

फक्ताङलुङ गाउँपालिका–१ का वडाध्यक्ष योज्ञप्रसाद लिम्बूका अनुसार  घरमा कोही नभएको समयमा आगो सल्केको थियो। आगलागीको कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: Feb 14, 2024| 09:34 बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्