इटहरीः उत्तरी मोरङको लोहोन्द्रा खोलामा अवैध उत्खनन गर्नेहरुको प्रमाणलाइ जिल्ला समन्वय समिति संयोजकले नै ढाकछोप गरेको स्थानीयले आरोप लाएका छन । अवैध रुपमा उत्खनन् गरेको भेटिएपछि कारबाही गर्नुको सट्टा उत्तखनन क्षेत्रमा पुर्न लगाएर ठेकेदारलाई जिल्ला समन्वय समिति संयोजक नरेश पोखरेललले बचाएको स्थानीयको भनाई छ ।
मोरङ्गको केराबारी ९ स्थित लोहन्द्रा खोलामा मापदण्ड भन्दा बाहिर गएर गहिरो खनेको ठाउँमा जिल्ला समन्वय समिति मोरङ्गका संयोजक नरेश पोख्रेल नेतृत्वको टोलीले पुर्न लगाएको हो। खोला खन्ने अनुमती लिखित रुपमा नपाएपनि मौखिक सहमतिका आधारमा खनिएको स्थानीयले बताएका छन्।
उत्खनन्को अनुमती कति हो? सुरक्षा र संरक्षणका अवधारणाहरु के के हुन? तिनको परिपालना हुनुपर्दछ कि पर्दैन? उत्खनन् गर्नु गराउनुभन्दा अगाडि सम्बन्धित सरोकारवाला निकायहरुको सहमती समेत नलिइ एवं साँध सिमा र मापदण्ड तोकिएको होर्डिङ बोर्डको व्यवस्था समेत नगरि केराबारी गा पा वडा नम्बर ९स्थित देबिझोडा सिरान र घंघरु बीचको लोहन्द्रा खोलामा उत्खनन् गरिएको छ । उत्खनन क्षेत्रमा जिल्ला स्तरीय अनुगमन समितिले तीनदिन अघि अनुगमन गरेपछि तत्काललाई रोकिएको जिसस मोरङ्गका संयोजक नरेश पोख्रेलले बताए ।
पोख्रेलले धेरै खनिएको ठाउँमा पुर्नुपर्ने सल्लाह दिएपछी गत बुधबार स्काभेटरले पुरेको थियो । सो क्षेत्रमा ६ मिटरसम्म बस्तिलाइ समस्या पार्नेगरि खनिएपछी स्थानीयले बिरोध गरेका थिए ।
पोख्रेलले पुर्न निर्देशन दिएको ठाउँमा स्काभेटरले पुर्दै गर्दा स्थानीयहरुले तस्विर लिन थालेपछी स्काभेटर भागेको स्थानीयले जानकारी दिएका छन । ज्यादा खन्ने खनाउने ठेकेदारलाई कार्वाहीको दायरामा ल्याउनुको सट्टा किन पुर्न सल्लाह दिर्नुभएको भनेर संयोजक पोख्रेललाई बुझ्दा एक पटकलाई सुध्रिन मौका दिएको भन्ने जवाफ दिए ।
फेरी मापदण्ड मिचे के कारबाही गर्नुहुन्छ भनेर सोध्दा पोख्रेलले यदि मिचेर कारबाही नभए मात्र सोध्नु भन्ने जवाफ दिएका छन ।
यसैबीच स्थानीयले अनुगमन समितिका संयोजक पोख्रेल अनुगमन नगर्ने बताएका छन्। उनिहरुले पोख्रेल क्रसर ब्यवसायीको प्रवक्ता जस्तै भएर प्रस्तुत हुने भन्दै खोला ब्यवसायीका प्रवक्ताले खोलामा मापदण्ड पुरा भए नभएको अनुगमन गर्न नसक्ने दावी गरेका छ । पोख्रेलले केहि महिना अगाडी केराबारीको एक कार्यक्रममा खोला खन्दा सिंचाई असुबिधा भएको स्थानीयले गुनासो गर्दा अव खेतमा धान हैन कागती रोप्नुस भन्दै गैह्र जिम्मेवार उत्तर दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४